इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

Jhalkonepal

काठमाण्डौ, भदाै २२

यस वर्षको इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो आज राति भक्तपुरबाट काठमाडौँ पुर्‍याइएको छ ।

काभ्रेको नाला जङ्गलबाट ल्याएको रुखलाई नालाछाप, फैढोका, च्याम्हसिंह, जगाती, सूर्यविनायक चोक, सल्लाघारी, थिमिको शङ्खधर चोक, काठमाण्डौको कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली हुँदै हिजो बेलुकी ९ बजे भोटाहिटी पुर्‍याइएको हो ।

इन्द्रध्वजका लागि रुख लिनको लागि राज्यको प्रतिनिधि स्वरुप राजखड्ग, गुठी संस्थानका प्रतिनिधि , पुजारी र गुर्जुपल्टन सहित केन्द्रीय मानन्धर सङ्घका पदाधिकारीहरु बिहिवार वन प्रस्थान गरेका हुन । लिङ्गो सम्बन्धित सम्पूर्ण व्यवस्थापन केन्द्रीय मानन्धर सङ्घले गर्ने गर्दछ ।

आउँदो २६ गते बुधवार इन्द्रध्वजलाई नगर प्रस्थान गरेर ३० गते आइतवार विहान ८ बजेर २६ मिनेटको साइतमा बसन्तपुरमा इन्द्रध्वज ठड्याएपछि यसवर्षको इन्द्रजात्रा विधिवत रुपमा शुरु हुनेछ । 

 

प्रतिक्रिया