आइपीएल २०२४ मा मुम्बइको पहिलो जित

Jhalkonepal

काठमाण्डौं चैत्र २५

आइपिएल २०२४ मा मुम्बइ इन्डियन्सले पहिलो जित दर्ता गरेको छ । यस अघि लगातार ३ खेलमा हार ब्यहोर्दै आलोचना खेपेको मुम्बइले आज गृहमैदानमा दिल्लीलाई पराजित गर्दै हारको क्रमलाइ तोडेको छ । 

पहिले ब्याटिंग गर्दै मुम्बइले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २३४ रन बनाएको थियो । जसमा ३२ रन अन्तिम ओभरमा जोडेको थियो । मुम्बइको लागि रोहित शर्माले ४९, इशान किशनले ४२, हार्दिक पाण्डया ३९, टिम डेभिडले ४५ र रोमारियो सेफार्डले १० बलमा ३९ रन प्रहार गरेका थिए । 

दिल्लीका अस्कर पटेल र एन्ड्रकि नोर्टजेले २,२ विकेट लिए भने, खलिल अमहदले १ विकेट लिएका थिए । 

२३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीलाई आफ्नो अन्तिम ओभरमा खर्चेको ३२ रन नै हारको कारक बन्यो । दिल्लीले २०  ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो । दिल्लीका पृथ्वी शाहले ६६, अभिषेक पोरेलले ४१, ट्स्टिन स्ट्रसले नट आउट ७१ रन बनाए । 

मुम्बइका गेरार्ड कोट्जेले ४ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिए । यस्तै रोमरीयो सेफार्डले १ विकेट लिए । सेफार्ड म्यान अफ दी म्याच घोषित भएका  छन । जित संगै मुम्बइले अंक तालिकामा २ अंक जोडेर अंक तालिकाको आठौ स्थानमा उक्लिएको छ । दिल्ली भने ५ खेलमा ४ हार सहित अंक तालिकाको पुछारमा पुगेको छ । 


प्रतिक्रिया