वुटवल, पुस २५
मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो
।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो भयो । भारतको गुराजत भलिबल एसोसिएसन नखेलेपछि मणिमुकुन्दलाई तेस्रो घोषित भयो ।
आर्मीले ट्रफीसहित ७ लाख, पुलिसले ३ लाख ५० हजार, मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।
२४ पुस २०८१, बिहिबार ०६:५१ मा प्रकाशित