सुनसरी, फागुन १४
सुनसरीमा करेन्ट
लागेर एक जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर कोशी गाउँपालिका–३
का ४५ वर्षीय इसराफिल मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको
छ ।
घटनापछि
आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल
पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा
छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताउनुभयो ।
१३ फाल्गुण २०८१, बुधबार ०८:०० मा प्रकाशित