बझाँग भुकम्प अपडेट

Jhalkonepal

बझाँग, असोज १६

बझाँग केन्द्र विन्दु बनाएर आज दिउँसो गएको दुइवटा भुकम्पको झटकाले पुर्याएको क्षतिको बिबरणहरु आउन थालेका छन । आज दिउँसो २ बजेर ४० मिनेट जादा ६.३ रेक्टर स्केलको भुकम्पले बझाँगको जयपृथ्वी नगरपालिका र तलकोट गाँउपालिकामा बढि क्षति पुगाएको छ । भुकम्पका कारण बझाँगलाइ बैतडी जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । बझाँग सदरमुकाम नजिकैको मल्लालाग्ना भन्ने भिरमा पहिरो झरे पनि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाँगले जनाएको छ । 

प्रहरीले अहिले सम्म संकलन गरेको विवरण अनुसार भुकम्पमा परि ६ जना घाइते भएका छन भने दर्जनौ घरहरु पुर्ण र आंशिक रुपमा भत्केको छन । 

भुकम्पको झटका आए पछि जिल्ला अस्पताल बझाँगका विरामीहरुलाइ चौरमा सारिएको छ । अस्पतालमा भर्ना भएकी एकजना गर्भवती महिलाले चौरमै बच्चा जन्माएको जिल्ला अस्पताल बझाँगले जनाएको छ। 

भुकम्पले क्षति पुगाएका केही घरहरुको फोटो



प्रतिक्रिया