आइपिएलमा मुम्बईको लगातार खराब प्रर्दशन

Jhalkonepal

काठमाण्डौं, बैशाख १९

आइपिएलको यो सिजनमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारि रहेको छ । ५ पटकको आइपिएल विजेता मुम्बईले यो सिजनमा नियमित कप्तान रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तानको जिम्मेवारी दिएको थियो । हार्दिक यस अघि गुजरातको कप्तान रहेका थिए । मुम्बई टिम सँग आवद्ध हुन उनले कप्तान बनाउनु पर्ने सर्त राखेका थिए । तर उनको कप्तानीमा मुम्बई इन्डियन्सले निकै खराब प्रदर्शन गरिरहेको छ । जारि प्रतियोगितामा खेलेका १० खेलमा जम्मा तिन खेलमात्र जितेको मुम्बई अंक तालिकाको नवौ स्थानमा रहेको छ । 

गए राति भएको खेलमा पनि मुम्बईले लखनउसंग ४ विकेटको हार ब्यहोर्यो । लखनउले टस जितेर मुम्बई पहिले ब्याटिंग गर्ने निम्तो दिए पछि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । मुम्बईको लागि नेहाल बडेराले सबैभन्दा वढि ४८ रन बनाए भने टिम डेभिडले नटआउट ३५ रन बनाए पछि मुम्बईले सम्मानजनक स्कोर बनाएको थियो । कप्तान हार्दिक पाण्ड्या शुन्यमा आउट भएको खेलमा पुर्व कप्तान रोहित शर्माले ३२ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहरो अंकमा रन जोड्न सकेनन ।

लखनउका मोसिनल खानले २ विकेट लिए भने रवि विस्नोइ, मयंक यादव, नविद उल हक र मार्कस स्टोनिसले १, १ विकेट लिए । 

१४५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लखनउले अन्तिम ओभरको दोस्रो बलमा लक्ष्य पुरा गर्यो । यसको लागि लखनउले पनि ६ विकेट गुमायो । लखनउको लािग सबैभन्दा वढि मार्कस स्टोनिशले ६२ रन बनाए । यस्तै कप्तान के एल राहुलले २८, दिपक हुड्डाले १८ र निकोलश पुरनले १४ रन जोडे। मुम्बईका लागि हार्दिक पाण्ड्याले २ विकेट लिए भने नुहान तुसारा, गेराल्ड कोट्जे, र मोहम्मद नावीले १,१ विकेट लिए ।

जितसंगै लखनउ १० खेलमा १२ अंक जोेडेर तेस्रो स्थानमा उक्लिएको छ । लखनउले चेन्नईलाई पछाडी धकेल्दै एक स्थान माथि उक्लिएको हो । मुम्बइ भने ६ अंकका साथ नवौ स्थानमा छ । तालिकाको शिर्ष स्थानमा १६ अंककासाथ राजस्थान रोयल्यस छ भने १२ अंका जोेडेको कोलकत्ता दोस्रो स्थानमा छ । 

आइपिएलमा आज चेन्नइ र पंजाब विच खेल हुनेछ । 


प्रतिक्रिया