काठमाडौं,
कार्तिक १३
सुनको
मूल्यले आज पनि बढेर उच्च मूल्यको रेकर्ड बनाएको छ ।
मंगलबार
पनि छापावाल सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार हुँदै
रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा
तोलामा १ हजार ५ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।
यसअघि
यही आइतबार तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै सुनको मूल्यले
रेकर्ड बनाएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य
तोलामा ४० रूपैयाँले बढेर २ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले
जनाएको छ ।
१२ कार्तिक २०८१, मङ्गलबार ११:४७ मा प्रकाशित