काठमाण्डाैं, साउन ११
भारतीय महिला क्रिकेट टोली एसीसी महिला
टी-२० एशिया
कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
बंगलादेशलाई हराउँदै भारतीय टोली नवौँ पटक महिला
एसिया कपको फाइनलमा पुगेको हो ।
जितका लागि
बंगलादेशले दिएको ८१ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ ११औँ ओभरमा
पूरा गर्यो ।
भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ५५ रन
बनाइन् । शेफाली वर्माले २८ बलमा २६ रनको इनिङ खेलिन् ।
यसअघि
बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन बनाएको थियो । बंगलादेशका
लागि निगार सुल्तानाले ३२ र शोर्ना अख्तरले अविजित १९ रन बनाएकी थिइन् ।
अन्य
सात ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । भारतीय बलर रेणुका सिंह र
स्पिनर राधा यादवले ३–३ विकेट लिए । पुजा वस्त्राकार र दिप्ती शर्माले एक–एक विकेट
लिए ।
दोस्रो सेमिफाइनलमा आजै पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । फाइनल खेल आइतवार हुनेछ।