इटहरीको सेन्ट्रल प्लाजामा आगलागीः निभाउने प्रयास जारी, १६ जनाको उद्दार केही मानिस अझै भवनमा

Jhalkonepal

काठमाडाैं , चैत १३

इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ ।

बिहान ९:४५ बजे देखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको हो । इटहरी उपमहानगरपालिका, दुहबी, वराहक्षेत्र र रामधुनी नगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।


आगलागी भएको भवनबाट १६ जनाको उद्धार गरिएको छ। केही मानिस अझै पनि उक्त भवनमा फसेका छन्।

उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको छ। तल्ले प्लाजाको पाँचौँ तल्लाबाट आगो सल्किए हो । 

प्रतिक्रिया