फाइनलको ढोका खोल्न नेपाललाई १२१ रनको लक्ष्य

Jhalkonepal

सुभेष सिनाल 

काठमाण्डौं, फागुन १९


फाइनल पुग्नको लागि जित्नै पर्ने खेलमा नेपालले उत्कृष्ट बलिंग गर्दै नेदरलैण्ड्सलाई १२० रनमा अलआउट गरेको छ । टियू क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिंग गर्ने नेदरलैण्ड्सको निर्णयलाई चुनौति दिदै नेपालले उत्कृष्ट शुरुवात गर्यो । करण केसीले पहिलो ओभरमै नेदरलैण्ड्सका २ विकेट लिएर पाहुना टोलीलाई ब्याकफुटमा धकेलि दिए । त्यसपछि प्रतिस जिसिले करियरकै उत्कृष्ट बलिंग गर्दै ३ विकेट र कुशल मल्लले २ विकेट लिए पछि नेदरलैण्ड्सको मध्यक्रम पनि धरासायी भयो । दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए भने नेदरलैण्ड्सका २ खेलाडी रन आउट भएका थिए । अन्तिम विकेटको रुपमा प्राप्त रनआउट निकै उत्कृष्ट थियो । २० औ ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीलाई छक्का प्रहार गरेको बल सिमा रेखा भन्दा बाहिर जादै थियो, कुशल भुर्तेले उक्त बललाई जम्प गरेर क्याच त गरे तर सिमा बाहिर जाने देखे पछि बललाई बाउन्ड्री भित्र फ्याके । डाइब हानेर लडेका भुर्तेल आफै उडेर बललाई क्रिजमा पुगाउदा नेदरलैण्ड्सका खेलाडीहरु अलमलिएर विकेट गुमाउन पुगे । 

नेदरलैण्ड्सका मैक्स वुडले सबैभन्दा वढि ३१ रन बनाए । यस्तै टिम भेन्डरगुटेनले २४ रोयल्फ भेन्डरमाफ्रेले २३ र स्कट इडवार्डले १८ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन् । 


प्रतिक्रिया