दोस्रो टि २० मा वेष्टइन्डिज बिजयी नेपाल १० रनले पराजित

Jhalkonepal


काठमाण्डौं, बैशाख १६

दोस्रो टि२० क्रिकेटमा वेष्टइन्डिज विजय भएको छ । त्रिवि क्रिकेट मैदानमा वेष्टइन्डिज एले दिएको लक्ष्य पछ्याउने क्रममा प्रमुख ब्याटरहरु नचले पछि नेपालले १५० रन मात्र जोडेर १० रनले नतिजा वेष्टइन्डिजलाई सुम्पियो । 

१६१ रनको वियजी लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । नेपालको लागि कप्तान रोहित पौडेलले अन्तिम सम्म नटआउट रहेर ४८ बलको सामना गर्दै ७१ रन बनाए । कप्तान रोहित बाहेक गुलशन झाले ११ बलमा २६ रन बनाए भने लोकेश बलमे १७ र आरिफ सेखले १२ रनको योगदान गरे । कुशल मल्ल आज पनि शुन्यमा रन आउट भए भने नेपालका प्रमुख ब्याटरहरुले रन बनाउन सकेनन् । कुशल भुर्तेल २ रन, अनिल शाह १ र दिपेन्द्रसिंह ऐरीले ३ रन मात्र बनाउन सके । 

वेष्टइन्डिजका ओडी म्याके र गुडाकेस मोतीले २,२ विकेट लिए । यस्तै ओशन थोमश र रोस्टन चेजले पनि १,१ विकेट लिए । 

यसअघि  टस जितेर वेष्टइन्डिज ए ले पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो । वेष्टइन्डिज एले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो । आन्द्रे फ्लेचरले ४३, कप्तान रोस्टन चेजले २३ र अन्तिम ओभरमा गुडाकस मोतीले ८ बलमा ३३ रन बनाउदै वेष्टइन्डिजको स्कोर १५० पार पुगाए । वेष्टइन्डिजले अन्तिमका २ ओभरमा ४० रन जोेडेको थियो ।   

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २,२ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले १,१ विकेट लिए ।

वेष्ट इन्डिजको जितसंगै ५ खेलको श्रृंखला १(१ को बराबरीमा पुगेको छ । दुबै देश विच तेस्रो खेल बैशाख १८ गते बुधबारको दिन खेलिनेछ ।  


प्रतिक्रिया