सुनसरी ,मंसिर २५
धरानकाे वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो घम् 3D Gait Analysis Lab स्थापना भएको छ । जेनेभा यूनिभर्सिटी हस्पिटलस, स्वीट्जल्र्याण्डको सहयोगमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत ल्याब स्थापना भएको हो। । जेनेभाका तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई सो सम्बन्धी तालिम प्रदान गरेको छ । सो टोलीमा डा.जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा.स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए ।
कतिपय मानिसहरुको मस्तिष्क पक्षाघात का कारण वा अन्य विभिन्न शल्यकृयाका कारण हाडजोर्नी सम्बन्धी कतिपय रोगका कारण हिडाईको चाल नमिल्ने, हिड्नमा कठिनाई हुने हुन्छ । त्यस्ता मानिसहरुको हिडाई वा चाल ठिक गर्न यस ल्याबले मद्दत पु¥याउने छ । ल्याबभित्र उच्च प्रविधिका आठ वटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ ।
यस्ता विरामीहरुको उपचारमा विरामीलाई हिड्न लगाई सबै कोणबाट विरामीको चालको भिडियो र ग्राफिक्सहरु लिई उच्च प्रविधिको कम्प्यूटरद्वारा सो भिडियो तथा ग्राफिक्सहरुको विश्लेषण गरी समस्याको पहिचान गर्दछ । यसबाट विशेषज्ञहरुलाई बिरामी उपचारमा मद्दत पुग्ने हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसर डा.आशिष पाण्डेले बताउनुभयो ।