पाकिस्तानलाई इंग्लैण्डको ३३८ रनको लक्ष्य

Jhalkonepal


खेलकुद, कार्तिक २५

भारतमा चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको लागि सेमिफाइनल पुग्न एकदमै महत्वपूर्ण मानिएको खेलमा इंग्लैण्डले ३३८ रनको लक्ष्य पेश गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको इंग्लैण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३७ रन बनाउन सक्यो । इंग्लैण्डका तिन ब्याटरले महत्वपुर्ण अर्धसतकिय पारि खेले पछि उसले ठुलो स्कोर बनाउन सकेको हो । इंग्लैण्डका लागि बेट स्ट्रोकले सबैभन्दा वढि ८४ रन बनाए । यस्तै जोय रुटले ६०, जोनी बेस्ट्रोले ५९, डेविड मलानले ३१, हेरी ब्रोकले ३० र जोस बटरले २७ रन बनाएर टिमलाई ठुलो स्कोर सम्म पुगाएका हुन । 

पाकिस्तानी बलरहरुले आज पनि सोचे अनुसारको बलिंग गर्न सकेनन् । हरिष रौफले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । यस्तै शाहिन शाह अफ्रिदीले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । यस्तै मोहम्मद वसिमले पनि ७४ रन खर्चेर २ विकेट लिए भने इफ्तिकार अहमदले १ विकेट लिए । 

३३८ रनको लक्ष्य संगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । उसले निकै ठुलो अन्तरमा जित निकाले मात्र न्युजिलैण्डको रनरेटलाइ पछि पार्न सक्छ । जुन असम्भव जस्तै देखिन्छ । 


प्रतिक्रिया