काठमाडाैं, भदाै ४
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा परेर निधन भएको छ ।
हिजाे सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उहाँ सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उहाँकाे नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।
३ भदौ २०८१, मङ्गलबार १२:३८ मा प्रकाशित