कोलकता नाइट राइडर्सलाई १८३ रनको लक्ष्य

Jhalkonepal

काठमाण्डौं, चैत्र १६

आईपिएल २०२४ अन्तरगत कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु विच भइरहेको खेलमा बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको छ । टस हारेर पहिले ब्याटिंग गर्न आएको बेंगलुरुले विराट कोहलीको नटआउट ८२ रनको मद्दतमा १८२ रन बनाएको हो । बेंगलुरुको तर्फबाट क्यामरन ग्रिनले ३३, ग्लेन मैक्सवेलले २८ र दिनेश कार्तिक ले २० रन बनाए ।

कोलकताका आन्द्रे रसलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । यसै गरि हर्षित रानाले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए भने सुनिल नारायणले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।


 


प्रतिक्रिया