काठमाडौं , माघ १७
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा तथा युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसामा कारोबार हुने भएको छ ।
बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ९२ तथा क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसामा खरिदबिक्री हुनेछ ।
कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
१६ माघ २०८०, बुधबार ०८:५८ मा प्रकाशित