‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

Jhalkonepal

काठमाडौं, भदाै २

 गायन रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् ।

शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि हात पारेकी हुन् ।

अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट प्राप्त गरेकी छन् ।

कोच प्रमोदको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका हुन् ।

दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता चुनिएको हो ।

प्रतिक्रिया