काठमाण्डाैं
,
चैत ३०
सुनको मूल्यमा याे वर्षकाे अन्तिम दिन आज पनि कीर्तिमान कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य वर्षकै उच्च मूल्य हो ।
यसअघि
गत बुधवार सुनको भाउ हाल सम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चैतमा मात्र ११ पटक सुनको मूल्यमा कीर्तिमान कायम भइसकेको छ । यो महीनामा सुनको मूल्य
तोलामा १३ हजार २०० रुपैयाँ बढेको हाे । चैत १ गते सुनको भाउ तोलाको १ लाख २५ हजार
८०० रुपैयाँ कायम थियो ।
महासङ्घका अनुसार रुस र
युक्रेनको युद्ध, डलरको भाउ उकालो लाग्नु लगायतका कारणले सुनको भाउले
पनि कीर्तिमानी बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण
गरिन्छ ।
अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण
हुँदै आएको छ ।
त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ ।
त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा एक हजार सात सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।