जनकपुरधाममा एक महिला र अन्दाजी ८ महिने शिशु जलेको अवस्थामा मृत फेला

Jhalkonepal

धनुषा ,बैशाख ६

धनुषाको जनकपुरधाममा एक महिला र अन्दाजी ८ महिने शिशु जलिरहेको अवस्थामा फेला परेका छन्। 

बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको एक खेतमा महिला जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्‍जन अवाले जानकारी दिनुभयाे । 

डिएसपी अवाका अनुसार  महिलाको घटनास्थलमै मृत्यु भएको थियो। शिशुलाई स्थानीयले प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए। त्यहीँ उपचारको क्रममा राति नै मृत्यु भएको थियो।

स्थानीयले खेतमा शव जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो।तक महोत्तरी मनरा शिसवा नगरपालिका-२ की अन्दाजी २३ वर्षीया प्रियंका महतो हुन्। नाबालिका उनैका बच्चा हुन्/होइनन् भन्नेबारे प्रहरीले अनुसन्‍धान गरिरहेको बताएको छ। 


प्रतिक्रिया