एजेन्सी । अमेरिकाको वासिङ्टन डिसी नजिकै भएको विमान दुर्घटनामा परेको १८ जनाको शव फेला परेको छ । आज विहान अमेरिकी एयरलाइन्सको विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएका छन् ।
बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान वासिङ्टनबाट क्यानकासतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको थियो ।
नदीमा खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ । विमान रेगन राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो ।
दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका छन्। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका छन् ।