आइपिएल : दिल्ली विरुद्ध कोलकत्ताको सहज जित

Jhalkonepal

काठमाण्डौं, बैशाख १८

आइपिएलको गए राति भएको खेलमा कोलकत्ताले दिल्लीलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकत्ताले २१ बल बाकि छदै पुरा गर्योे । लक्ष्य पुरा गर्न कोलकत्ताले ३ विकेट मात्र गुमायो । लक्ष्य पछ्याउने क्रममा कोलकत्ताका फिल सल्टले ६८ रन बनाए । सुनिल नरेन १५ रन बनाएर आउट हुदाँ माथिल्लो क्रममा ब्याटिंग गर्न आएका रिंकु सिंहेल ११ रन मात्र जोड्न सके पछि कप्तान श्रेयस ऐयरले नट आउट ३३ र बेक्टेस ऐयरले नट आउट २६ रन बनाएर टिमलाइ जित सम्म पुगाए । दिल्लीका अक्सर पटेलले २ र लेजाड विलियम्सले १ विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको दिल्लीले मध्यम प्रदर्शन गर्यो । माथिल्लो क्रमका ब्याटरहरु चल्न नसके पछि नवौ नम्बरमा ब्याटिंग गर्न आएका कुलदिप यादवले ३५ रन जोडे पछि दिल्लीले मध्यम स्कोर बनाउन सकेको हो । यादव बाहेक कप्तान रिसब पन्तले २७, अक्सर पटेलले १५, अभिषेक पोरेलले १८, पृथ्वी शाले १३ र जेक फ्रेसर मेक्ग्रुकले १२ रन बनाए । 

कोलकताका बरुण चक्रवर्तीले ३ विकेट लिए भने हर्षित राना र वैभव अरोराले २,२ विकेट लिए । यस्तै मिचेल स्र्टाक र सुनिल नरेनले १,१ विकेट लिए । 

जित पछि कोलकत्ता ९ खेलमा १२ अंक जोेडेर तालिकाको दोस्रो स्थानमा कायम रहेका छ । दिल्ली भने ११ खेलमा १० अंक जोेडेर छैटौ स्थानमा रहेको छ । तालिकाको तेस्रो स्थामा चेन्नइ, चौथोमा हैदराबाद र पाचौमा लखनउ रहेको छ । तेस्रो देखि छैटौ स्थामा रहेका सबै टिमको समान १० अंक रहेको छ । 


आइपिएलमा आज लखनउ र मुम्बइको विच लखनउमा खेल हुनेछ ।


प्रतिक्रिया