झापा, चैत १
झापाको गौरादह
नगरपालिका-७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा
स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २६ गते देखि
घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको
गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो ।
घटनामा संलग्न रहेका २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा
मृतककै नाती १८ बर्षीय धिरज बिश्वकर्मा र स्थानीय १८ बर्षीय राजु मल्लिक रहेका छन्
। गाँजा खाई लट्ठ भएका बि.क.ले फागुन २६ गते राती २ बजेको समयमा हजुरआमा शौचालय
जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडी प्रहार गर्दा बृद्धाको घटनास्थलमा नै
मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । हजुरआमाको मृत्यु भए
पश्चात आफ्नो साथी राजु मल्लिकको समेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो
खनेर गाडेको देखिएको छ ।