टि२० विश्वकपमा स्कटलैण्डले नामिवियालाई पराजित गर्यो

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, जेठ २५

टि२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज विहान भएको खेलमा स्कटलैण्ड विजयी भएको छ । टस जितेर पहिलो व्याटिंग गरेको नामिवियाले दिएको १५६ रनको लक्ष्य १८ औ ओभरमा पुरा गर्दै स्कटलैण्डले पहिलो जित हासिल गरि २ अंक जोडेको छ । 

ग्रेहार्ड इरासमसको ५२ रनको अर्धसतकिय पारीमा नामिवियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाए र १५५ रन बनाएको थियो । इरामसलाई जेन ग्रिनले २८ र निकोलस डेभिनले २० रन बनाएर सघाए । स्कटलैण्डका व्राड व्हीलले ३ विकेट लिए भने ब्राड क्युरीले २ तथा क्रिस शोल, क्रिस ग्राभिस र माइकल लेश्कले १,१ विकेट लिए । 

१५६ रन पछ्याउन मैदानमा आएको स्कटलैण्डले कप्तान रिचि व्रिंग्टनको ४७ र माइकल लेश्कको ३५ रनको महत्वपूर्ण इनिंगको भरमा लक्ष्य पुरा गर्यो । स्कटलैण्डका माइकल जोन्सले २६ र ब्रान्डन मेक्लमले १९ रनको योगदान गरे । नामिवियाका ग्रेहाडं इरामसले २ विकेट लिए भने रुवेन ट्रम्पलमेन, टान्गेनी लुगामेनी, ब्रेनार्ड स्काल्ट्जले १,१ विकेटको योगदान गरे । 


टि२० विश्वकपमा आज राति क्यानडा र आयरलैण्डका विच खेल हुदैछ । 


प्रतिक्रिया