सुभेष सिनाल
काठमाण्डौं, फागुन ९
विश्वकप लिग २ अन्तरगत आज नेपाल र नामिविया विच त्रिवि क्रिकेट मैदानमा खेल हुदैछ । नामिवियाले टस जितेर पहिले फिल्डिंड गर्ने निर्णय गरेको छ । यो सिरिजमा अहिले सम्म पहिले फिल्डिंग गर्ने टोलीले जित हासिल गरेकोले टसलाई निकै महत्वका साथ हेरिएको छ । त्रिवि क्रिकेट मैदानमा यो सिरिजमा पहिले ब्याटिंग गर्ने टोलीले अधिक्तम १४० रन मात्र बनाउन सकेको छ ।
टस हारे पनि २०२३ मा विश्वकप खेलेको नेदरलैण्ड्सलाई पराजित गरेर नेपाली टोली उत्साहका साथ मैदानमा उत्रिदैछ । नेपाली टोलीमा आज दिपेन्द्र सिंह ऐरीले पुनरागमन गरेका छन । नामिवियासंगको पहिलो खेलमा दिपेन्द्रले खेलेका थिएनन् । रोहित पौडेलको कप्तानीमा नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, भिम सार्की, सोमपाल कामी, देव खनाल, ललित राजबंशी, कुशल मल्ल र करण केसी रहेका छन ।
नामिवियाल र नेपाल विच पछिल्लो ५ खेलमा दुबै देशले २,२ खेल जितेका छन । एउटा खेलको भने नतिजा आउन सकेको थिएन ।