अस्टे«लिया आठौं पटक विश्वकप फाइनलमा, दक्षिण अफ्रिका फेरी बन्यो चोकर्स
खेलकुद, कार्तिक ३०
अस्टे«लिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्टे«लियाले फाइनलमा भारतसंगको भेट सुनिश्चित गरेको हो । दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्टे«लियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । अस्टे«लियाको लागि ओपनर टे«भिस हेडले ६२ रन बनाए । अर्का ओपनर डेभिड वार्नर २९ रन बनाए । दुबै ओपरन आउट भए पछि केही समय अस्टे«लिया दबाबमा परे पनि स्टिभ स्मिथले धैर्यता पुर्वक ३० रन बनाएर भने मार्नस लर्भस्चेंगले १८ र जोस इंग्लिसले २८ रन को योगदान गरे । अस्टे«लियालाई जित सम्म भने मिचेल स्र्टाकले १६ रन र कप्तान पेट कमिन्सले १४ रन बनाएर पुगाए ।

दक्षिण अफ्रिकाका तरविज शाम्सीले कसिलो बलिंग गर्दै २ विकेट लिए । गेराल्ड कोट्जले पनि २ विेकट लिए भने कशिगो रवाडा, ऐडन मार्कम र केशब महाराजले १,१ विकेट लिए ।
यसअघि टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा २१२ रन बनाउदा सबै विकेट गुमायो । पहिलो पावर प्लेमा महत्वपूर्ण ४ विकेट गुमाएर दक्षिण अफ्रिकाले २४ रन मात्र बनाउन सकेको थियो । त्यसपछि डेभिड मिलर र हेनरिच क्लेशनले दक्षिण अफ्रिकालाई सम्हालेका थिए । मिलरले सतकिय पारि खेल्दै देशलाई सम्मानजनक स्कोर सम्म पुगाए । मिलर १०१ रन बनाएर ४८ आंैं ओभरमा आउट भए । मिलरलाई हेनरिच क्लेशन ४७ रन बनाएर साथ दिए । क्लेशन आउट भए पछि केही समय कोट्जे उनलाई साथ दिए तर कोट्जेले पनि १९ रन मात्र बनाउन सके । बाहेक दक्षिणी अफ्रिकील ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन् ।
अस्टे«लियाका मिचेल स्ट्राकले ३ विकेट लिए । यसै गरि तरभिस हेड, जोस हेजलवुड र पेट कमिनले २,२ विकेट लिए ।
यो हारसंगै दक्षिण अफ्रिका फेरी एकपटक चोकर्स बन्यो ।

अस्टे«लिया यो संगै आर्ठौ पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । यसअघि ७ पटक फाइनल खेलेको अस्टे«लियाले ५ पटक उपाधि चुमेको छ । अस्टे«लियाले १९७५ को पहिलो विश्वकप फाइनलमा वेस्टइन्डिजसंग र १९९६ मा श्रीलंकासंग हार ब्यहोरेको थियो । त्यस यता फाइनलमा अस्टे«लियाले उपाधि चुमेको छ । अस्टे«लियाले १९८७, १९९९, २००३, २००७ र २०१५ को विश्वकप फाइनल जितेर उपाधि जितेको हो । अस्टे«लियाले अव १९ नोभेम्बरमा अहमदावादमा भारतसंग फाइनल खेल्नेछ । भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । भारतले १९८३ र २०११ मा दुइपटक विश्वकप जितेको छ भने २००३ मा अस्टे«लियासंग फाइनलमा पराजित भएको थियो ।