काठमाडौँ, असार ११
अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत टी-२० विश्वकप
क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
उसले सेमिफाइनलमा इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ
।
सुपर
एटमा लगातार तेस्रो जितसँगै भारत समूह १ को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो
। अहिलेसम्म सेमिफाइनल पुग्ने ३ टोलीको टुङ्गो लागिसकेको छ ।
सोमबार राति भएको खेलमा २०६
रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १८१ रन मात्रै
बनाउन सक्यो ।
अष्ट्रेलियाका
ट्राभिस हेडले ४३ बलमा ७६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ४ छक्का र
९ चौका प्रहार गरेका थिए ।
भारतका
अर्शदीप सिंहले ३, कुलदीप
यादवले २ तथा जसप्रित बुमराह र अक्षर पटेलले १-१ विकेट लिएका थिए ।
त्यसअघि
पहिले ब्याटिङ गरेको भारतले पुरै ओभर खेलेर ५ विकेट क्षतिमा २०५ रन बनाएको थियो ।
उसका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ९२ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ८
छक्का र सात चौका प्रहार गरेका थिए ।
यो
हारसँगै अष्ट्रेलिया सुपर एटबाटै बाहिरिने सम्भावना देखिएको छ । उता अफगानिस्तानको
सम्भावना भने बढेको छ । आफ्नो अन्तिम खेलमा मंगलबार बंगलादेशलाई हराउन सके
अफगानिस्तान सेमिफाइनलमा पुग्नेछ ।
बंगलादेशको
पनि गणितीय सम्भावना कायमै छ । त्यसका लागि उसले अफगानिस्तानलाई विशाल अन्तरले
हराउनु पर्नेछ । ग्रुप एकमा अष्ट्रेलिया र अफगानिस्तानको २-२ अंक छ भने बंगलादेश
अंकविहीन छ ।
बंगलादेशले
अफगानिस्तानलाई हराएमा भने नेट रनरेटका आधारमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।