हङकङमा हुने टी-२० आई सिरिजका लागि नेपाली टोलीको घोषणा

Jhalkonepal

काठमाण्डौं, फागुन २०

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा पाँच मुख्य खेलाडीलाई आराम दिइएको छ। आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ भने रोहित पौडेल, कुशल भुर्तेल, गुल्शन झा, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा र प्रतिश जिसीले निरन्तरता पाएका छन्।

हङकङमा यही मार्च १० देखि १३ सम्म नेपाल, हङकङ र पिएनजीबीचमा सिरिज हुने छ। आगामी टी-२० विश्‍वकपको तयारी स्वरुप यस सिरिज खेल्न लागिएको हो। टी२० विश्‍वकपमा पिएनजी पनि खेल्दै छ। नेपालले मार्च १० मा टी२० सिरिजको पहिलो खेलमा हङकङसँग, मार्च ११ मा दोस्रो खेलमा पिएनजीसँग खेल्ने छ। मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्ने छन्।

नेपालको टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, गुल्शन झा, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, रासिद खान, सन्दीप जोरा, आरिफ शेख, सागर ढकाल र विवेक यादब। 


प्रतिक्रिया