पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्याे

Jhalkonepal

काठमाण्डौ, असाेज १५ 

नेपाल आयल निगमले पेट्रोल, डिजेल,  मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । गएराति एक बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल,  मट्टीतेल र हवाई इन्धनकाे भाउ घटाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

प्रतिक्रिया