काठमाण्डाैं , चैत २९
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले पहिलो हार वेहेरेको छ । गुजरातले बुधबार भएको खेलमा राजस्थान माथि ३ विकेटको जित दर्ता गरेको हो ।
राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ३ विकेट गुमाएर भेट्टायो ।
राजस्थानले दिएको १ सय ९७ रनको लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो ।
गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए । ओपनर
साई सुदर्शनले ३५ रन जोडे । राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले
२ विकेट लिए । आवेश खानले १ विकेट लिए ।
त्यसअघि
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर
१ सय ९६ रन बनायो । राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान
सञ्जु स्यामसनले ६८ रन जोडे । गुजरातका लागि उमेश यादव, रासिद र
मोहित शर्माले समान १ विकेट लिए । जित पछि गुजरात ६ खेलमा ६ अङ्क सहित छैठौँ
स्थानमा छ । राजस्थान ५ खेलमा ८ अङ्क सहित शीर्ष स्थानमा छ ।
आईपीएलमा आज मुम्बई इन्डियन र रोयल च्यालेन्जर्स बेंगलूरु खेल्दैछन् ।