काठमाडौं , फागुन २९
टी-२० अन्टर्राष्ट्रियमा कुशल
भुर्तेलले १ हजार रन पुरा गरेका छन्।
हङकङमा जारी त्रिकोणात्मक
सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा आफ्नो करिअरको ८ औं
अर्धशतक पुरा गर्दै उनले टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन बनाए।
नेदरल्यान्ड्स विरुद्ध २०२१ को अप्रिल
७ मा कीर्तिपुरमा डेब्यु गरेका भुर्तेलले ३६ औं खेलमा १ हजार रन पुरा गरेका हुन्।
उनले यो बीचमा एक शतक र ८ अर्धशतक प्रहार गरेका छन्।
टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन
पुरा गर्ने उनी दोस्रो खेलाडी हुन्। उनीअघि दीपेन्द्रसिंह ऐरीले टी-२०
अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गरेका थिए।
अहिले नेपाल कुशल र सन्दीप जोराको इनिङमा
उच्च स्कोरतर्फ अग्रसर भएको छ।
नेपालले १६ ओभरको समाप्तीमा ४ विकेट
गुमाएर १ सय ५४ रन बनाएको छ।
नेपालका लागि
सन्दीप जोराले पनि अर्धशतक पुरा गरेका छन्। जोराले करिअरको दोस्रो टी-२० अर्धशतक
प्रहार गरे। अहिले जोरा ५६ र भुर्तेल ५९ रनमा खेलिरहेका छन्।