सुभेष सिनाल
काठमाण्डौं, माघ २८
अण्डर १९ विश्वकप क्रिकेट २०२४ को उपाधी अस्ट्रेलियाले जितेको छ । दक्षिण अफ्रिका बेनोनीमा आज भएको फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले उपाधि चुमेको हो । टस जितेर पहिले ब्याटिंग गर्न आएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५७ रन बनाएको थियो । अस्ट्रेलियाका हेरि डिक्सनले ४२, हैग वेग्वगेनले ४८, हरजस सिंहले ५५, ओलिभर पियकेले ४६ रन जोडेको थिए । भारतका तर्फबाट बलिंगमा राज लम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २, सौम्य पाण्डेयले १ र मुसिर खानले १ विकेट लिएका थिए ।
२५८ रनको विजय लक्ष्य पछ्याउन मैदानमा आएको भारतले दोस्रो ओभर देखि नै विकेट गुमाए पछि दवावमा परेको थियो । ओपनर आर्दश सिंहले ४७ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन नसके पछि भारत रनले उपाधीबाट चुकेको हो । आर्दश सिंह बाहेक मुसिर खानले २२ रन बनाए भने मुर्गन अभिषेकले ४२ रन बनाए । भारतले ४४ औं ओभरको अन्तिम बलमा १० औं विकेट गुमाउदा १७४ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका महाली ब्रेडमेनले ३ विकेट लिए भने रफ मेक्मीलनले २ तथा कलियम भिड्लेरले १ र चार्ली एन्डरसनले १ विकेट लिए ।