टि२० विश्वकपमा आज नेपालले नेदरलैण्ड्ससंग खेल्दै, पहिलो खेलमा श्रीलंका पराजित

Jhalkonepal

काठमाण्डौं, जेठ २२

टि२० विश्वकप २०२४ मा नेपालले आज आफ्नो पहिले खेल नेदरलैण्ड्ससंग खेल्दैछ । समुह डिमा रहेको नेपालले पहिलो खेल देखि नै जितको लय समात्ने विश्वकास राखेको कप्तान रोहितकुमार पौडेलले प्रिम्याच प्रेस कन्फ्रेन्समा बताएका छन । ग्रुप अफ डेथ अर्थात असजिलो समुहको रुपमा रहेको समुह डिमा नेपाल र नेदरलैण्ड्स सबैभन्दा तल्लो बरियताका टिम हुन । यो समुहमा नेदरलैण्ड्स र नेपाल बाहेक, बंगादेश, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन । 

नेदरलैण्ड्स र नेपालका विच नेपाली समय अनुसार आज राती ९ः१५ मा खेल हुनेछ । नेपाल र नेदरलैण्ड्स हाल सम्म ११ पटक आमने सामने भएका छन । जसमा ६ पटक नेदरलैण्ड्सले जितेको छ भने ५ पटक नेपालले जितेको छ । आफुले खेलेका पछिल्लो ५ खेलमा नेदरलैण्डसले अन्तिम तिन खेल लगातार गुमाएको छ भने नेपालले पनि पछिल्ला ५ खेलमा अन्तिम दुई खेलमा लगातार हारको सामना गर्नु परेको छ ।

दोस्रो पटक विश्वकप क्रिकेट खेल्न लागेको नेपालले जितका साथ उत्कृष्ट लय समातेर कम्तिमा सुपर ८ मा पुग्ने लक्ष्य राखेको छ। 

यसै विच हिजो राति भएको समुह डिको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिंग रोजेको श्रीलंकाले निकै खराब प्रर्दशन गर्दै मात्र ७७ रनमा आफ्ना सबै विकेट गुमायो । विकेटकिपर ब्याटर कुशल म्यान्डिसले १९ रन  र एन्जोलो म्याथ्यूजले १६ रन बनाउनु बाहेक श्रीलंकाका ब्याटरहरुले रन बनाउन सकेनन् । श्रीलंकाका ४ जना ब्याटर शुन्यमा आउट भए । 

दक्षिण अफ्रिकाका एन्रित नोर्टजेले ४ ओभरमा ७ रन माब खर्चेर ४ विकेट लिए । यस्तै कसिगो रबाडा र केशब महाराजले २,२ विकेट लिए भने ओटनैल बर्तमनले १ विकेट लिए । 

७८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले १६ औं ओभरमा ४ विकेट गुमाएर ८० रन बनाउदै खेल आफ्नो पक्षमा पार्यो । दक्षिण अफ्रिकाका क्वीन्टन डिककले २० रन बनाए । यस्तै हेन्रिच क्लेन्सनले १९ ट्रिस्टन स्टबले १३ र एडन मकरमले १२ रन बनाएर टिमलाई जित सम्म पुगाए । 

श्रीलंकाका वानिन्दु हसंरगाले २ विकेट लिए भने नुवान तुसारा र दसुन शंकाले १,१ विकेट लिए । 

टि२० विश्वकपमा आज नेपाल र नेदरलैण्ड्स विचको खेल बाहेक अन्य २ खेल हुदैछन । 

आजको पहिलो खेल अफगानिस्तान र युगाण्डाका हुनेछ भने दोस्रो  खेल इग्लैण्ड र स्कटलैण्डका विच हुनेछ  । 


प्रतिक्रिया