काठमाण्डौ असोज १३
प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदैहुनुहुन्छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ५ गते चीन जानुभएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लाग्नुभएको हो ।
उहा बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भ्रमणका उपलब्धिबारे जानकारी दिन उहालेले विमानस्थलमा पत्रकारहरूसँग भेट्ने कार्यक्रम छ।
१२ असोज २०८०, शनिवार ०८:१२ मा प्रकाशित