काठमाण्डाैं,
साउन २०
बोलबम
यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते
भएका छन् ।
मलङ्गवा
नगरपालिका–१२ स्थित नहरमा आज ज २ त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम
यात्री घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा
लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते हुनेमा सर्लाहीको
चक्रघट्ट गाउँपालिका–५, का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया
गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११
वर्षकी छोरी अंशुकुमारी रहेका छन् ।
तीब्र गतिमा रहेको
टयाक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगतै टयाक्टर
चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय
राम बालक राय फरार रहेका छन् । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट
फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।