प्रधानमन्त्रीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्दै

Jhalkonepal

काठमाण्डौ, मंसिर १०

नेपाल प्रिमियर लिग  (एनपीएल)को ट्रफी आज सार्वजनिक हुँदैछ।

बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ।  पहिलो पटक नेपाल क्रिकेट संघ आफ्नै आयोजनामा क्रिकेट लिग हुन गइरहेको छ ।

मंसिर १५ गतेदेखि शुरू हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ।

प्रतिक्रिया