आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जीत,लखनऊ र पञ्जाब आज बेलुकी भिड्दै

Jhalkonepal

काठमाडौँ, चैत १८

कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा यो सिजनमा तेस्रो खेलबाट पहिलो जित निकालेको छ।​

गएराति सम्पन्न खेलमा मुम्बई आठ विकेटले विजयी भएको हो। मुम्बईले यसअघि चेन्नई सुपर किंग्ससँग चार विकेट र गुजरात टाइटन्ससँग ३६ रनको पराजित भएको थियो।

कोलकाताको भने यो दोस्रो हार हो। कोलकाता यसअघि रोयल च्यालेन्जर्स बैंग्लुरुसँग सात विकेटले पराजित भएको थियो। तर, राजस्थान रोयल्ससँग आठ विकेटको जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।

यद्यपि, तेस्रो खेलमा कोलकाता पराजित हुन पुगेको हो। कोलकाताले दिएको ११७ रनको लक्ष्य पछ्याएको मुम्बईले १२ दशलमव ५ ओभरमा दुई विकेट गुमाउँदै १२१ रन बनायो।

प्रतियोगिता अन्तरगत आज लखनऊ सुपरजायन्ट र पञ्जाब किंसबीचको खेल लखनऊमा साँझ पौने ८ बजे सुरु हुनेछ।

प्रतिक्रिया