सुभेष सिनाल
काठमाण्डौं, जेठ २४
टि२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ । समुह वीको पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै शानदार रुपमा प्रतियोगिता शुरु गरेको छ । टस जितेर ओमानले अस्ट्रेलियालाई पहिले ब्याटिंग गर्ने निम्तो दिए पछि ओपनर डेभिड वार्नरको ५६ र मार्कस स्टोनिशको ६७ रनको मद्दतमा अस्ट्रेलियाले ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । ट्रेभिस हेडले १२ र मिचेल मार्सले १४ रन बनाउदा मैक्सवैल शुन्यमा आउट भएका थिए ।
ओमानका मेहरन खानले २ विकेट लिएभने विलाल खान र कलिमुल्लाहले १,१ विकेटको योगदान गरे ।
१६५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । ओमानका आयन खानले सवैभन्दा वढि ३६ रन बनाए । यस्तै मेहरन खानले २७, अकिब इलासले १८ र सकिल अहमतले ११ रन बनाए ।
अस्ट्रेलियाका मार्कस स्टोनिसले ३ विकेट लिए भने नाथेन इलिस, एडम जाम्पा र मिचेल स्र्टाकले २,२ विकेट लिए ।
समुह ए को अर्को खेलमा आज राति सवा नौ बजे पाकिस्तानले अमेरिकासंग प्रतिस्पार्ध गर्दैछ ।