काठमाण्डौ, सावन १७
दोस्रो टि२० मा वेष्टइन्डिजले पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । पहिलो व्याटिंग गरेको पाकिस्तानले दिएको १३४ रनको लक्ष्य वेष्टइन्डिजले अन्तिम बलमा पुरा गरि जित हासिल गर्यो । यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।
पाकिस्तानको लागि हसन नवाजे ४०, सलमान आगाले ३८ र फकर जमानले २० रन बनाएका थिए । पाकिस्तानलाई कम स्कोरमा रोक्न वेष्टइन्डिजका जेसन होल्डरले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । यस्तै गुडाकेश मोतीइले २ तथा रोस्टन चेज, अकिल हुसैन र समर जोसेफले १,१ विकेट लिए ।
१३४ रनको लक्ष्य पछउन उत्रिएको वेष्टइन्डिजको पनि शुरुवात खासै राम्रो रहेन । सामान्य लक्ष्य पछ्याउन वेष्टइन्डिजले अन्तिम बल सम्म संघर्ष गर्नु पर्यो भने उसले आफ्ना ८ विकेट समेत गुमायो ।
वेष्टइन्डिजको लागि गुडाकेस मोतीईले २८ रन बनाए । यस्तै साई होप २१, रोमारियो सेफार्ड १५ र जेसन होल्डरले नटआउट १६ रन बनाएर टिमलाई जिताए ।
वेष्टइन्डिजले जितेसँगै ३ म्याचको श्रृंखला १,१ को बराबरीमा पुगेको छ । पहिलो टि२० मा पाकिस्तानले वेष्टइन्डिजलाई पराजित गरेको थियो ।