सेमिफाइनलमा अफगानिस्तान ५६ रनमा अलआउट

Jhalkonepal

काठमाण्डौं, असार १३

टि२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिका सामु खराब प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको अफगानिस्तान १२ ओभरमा अलआउट हुदाँ ५६ मात्र रन जोड्न सफल भयो । अजमतुल्लाह ओमरजाईले १० रन बनाउनु बाहेक अन्य ब्याटर दोहरो अंकमा रन बनाउन असफल रहे । दक्षिण अफ्रिकाका मेक्रो जेन्सनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । यस्तै तबरेज साम्सीले २ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए भने कसिगो रबाडाले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । एन्रीच नोर्टजेले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । 


प्रतिक्रिया