क्यानडासंग अन्तिम ओभरमा नेपाल ए पराजित

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन ६

क्यानडाले नेपाल ए टिमलाई पहिलो एकदिवसीय खेलमा ४ विकेटले पराजित गरेको छ । नेपालले दिएको २१७ रनको लक्ष्य क्यानडाले ५० औं ओभरको तेस्रो बेलमा ६ विकेट गुमाएर पुरा गर्यो । क्यानडाका नवनित दलिवालले ८० र नखिल दत्तले ६७ रन बनाएर टिमको जित सुनिश्चित गरे । एक समय नेपाली बलर साहव आलमले एकै ओभरमा २ विकेट लिएर क्यानडालाई दवावमा राखे पनि दलिवाल र दत्तले सम्हालिएर खेल्दै टिमलाई लक्ष्य सम्म पुगाए । 

यसअघि नेपालले टस हारेर पहिले ब्याटिंग गर्दैै , २१६ रन बनाउदा ८ विकेट गुमाएको थियो । नेपालका ब्याटर बसिर अहमदले नेपालको लागि अन्तिम बलमा रन लिदै, अर्ध सतक पुरा गरे । नेपाली ए टिमबाट अर्धसतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन । यस अघि टस जितेर क्यानडाले नेपाललाई पहिले ब्याटिंग गर्ने निम्तो दिएको थियो । नेपालले पहिलो विकेटको रुपमा अर्जुन कुमाललाई गुमाए पनि अर्का ओपनर मयन यादवले ३५ रन बनाएर नेपाली इनिंगलाई अगाडी बढाए । उनलाई रसिद खानले ४० रन बनाएर साथ दिए । कप्तान विनोद भण्डारी ५ रन मात्र बनाएर आउट हुदाँ संदिप जोराले १४, किरण ठगुन्नाले २५ र विवेक यादवले २१ रनको योगदान गरे । 

क्यानडाका तर्फबाट शादविन जाफरले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । यस्तै हर्स ठकेरले १० ओभरमा २२ रन खर्चेर १ विकेट लिए । इश्वरजीत सोथीले २, डिल्लन हेलिगरले  र साहिह अमहदजाई ले १,१ विकेट लिएका थिए ।   


प्रतिक्रिया