सर्लाही, असार १४
सर्लाहीमा चट्याङ लागेर एक महिलाको
मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया
गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान आफ्नै खेतमा काम गरिरहेको
अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको
वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब
उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७ गैरी टोलका मङ्गल
कामीको घरमा क्षति पुगेको छ । यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३
र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
१४ असार २०८१, शुक्रबार ०८:०० मा प्रकाशित