विद्यालयमा एकै पोशाक अनिवार्य गर्ने इटहरी उपमहानगरले गरेको निर्णयबारे उच्च अदालतद्धारा लिखित जवाफ माग

Jhalkonepal


इटहरी, फागुन २५

इटहरी उपमहानगरले गरेको निर्णयबारे उच्च अदालत विराटनगरले लिखित जवाफ माग गरेको छ। शैक्षिक क्षेत्र सुधारका लागि भन्दै इटहरी उपमहानगरले सबै विद्यालयमा भादगाउँले टोपीसहितको एकै पोशाक अनिवार्य गर्ने देखि स्कुलहरूमा स्टेशनरी तथा पुस्तक किनबेच गर्न नपाउने निर्णय गरेकाे थियाे । यस निर्णय कार्यान्वयन नगर्न/नगराउन  परमादेश माग गर्दै प्याब्सन सुनसरी फागुन २ मा उच्च अदालत पुगेको थियो। 

बिहीबार यस विषयमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने भन्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफसहित हाजिर हुन उपमहानगरलाई आदेश गरेको हो। 

प्रतिक्रिया