तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गयाे

Jhalkonepal


तनहुँ, साउन ४ 

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएकाे  छ ।

बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा बन्दिपुर अस्पतालमा ज्यान गएकाे थियो ।

प्रतिक्रिया