मनसुनको पुनः सकृय भयो, देशैभरी बर्षा

Jhalkonepal

काठमाण्डौं, असोज ९

पछिल्लो चौबीस घन्टामा झापा, इलाम र कास्कीमा धेरै वर्षा मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामको कन्याममा १३४.४ मिलिमिटर, झापाको चन्द्रगढीमा १०२.६ मिलिमिटर, अनारमनीमा १२३.८ मिलिमिटर र कास्कीको लुम्लेमा १२७.६ मिलिमिटर वर्षा मापन भएको हो।

बुधबारदेखि मनसुनी वायु र बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसँगै देशका विभिन्न भूभागमा मध्यमदेखि भारी र धेरै भारी वर्षा भएको हो।

चौबीस घन्टाको अवधिमा झापाकै बाहुनडाँगीमा ९२.२ मिलिमिटर, शनिश्चरेमा ७३.८ मिलिमिटर, इलामको माइ पोखरीमा ९४ मिलमिटर, मोरङको केराबारीमा ७६.८ मिलिमिटर, सर्लाहीको पर्वानीपुरमा ५२.२ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै सिन्धुपाल्चोकको भोटाङमा ५०.६ मिलिमिटर, मानेखर्कमा ५८ मिलिमिटर, गोब्रेमा ४९.८ मिलिमिटर, नवलपरासी पूर्वको डाँडामा ८७ मिलिमिटर, देउरालीमा ९७ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१ मिलिमिटर, कास्कीको लामापाटनमा ९१.६ मिलिमिटर, पोखरा विमानस्थलमा ६०.६ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ६६ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा ६६ मिलिमिटर, दाङको कोइलावासमा ४६.२ मिलिमिटर, रोल्पाको केउर गाउँमा ५०.४ मिलिमिटर, दैलेखमा ५० मिलिमिटर, कैलालीको बचिलामा ८२.८ मिलमिटर, धनगढीमा ४१.६ मिलिमिटर र कञ्चनपुरको हनुमाननगरमा ५९ मिलिमिटर वर्षा चौबीस घन्टामा मापन भएको छ।

प्रतिक्रिया