झापा , फागुन २८
झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित
भगवती लेमिनेट्स (प्लाइउड) उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार बिहान करिब सवा ५ बजेदेखि आगलागी भएको हो । ६ घण्टादेखि आगो
नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले
जानकारी दिए ।
आगो नियन्त्रणका लागि जिल्लाका आठवटा
वारुणयन्त्र,नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयबासी खटिएको एसपी
केसीले बताए । ‘
आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको यकिन
विवरण आउने उनले बताए।
२७ फाल्गुण २०८०, सोमबार ११:४४ मा प्रकाशित