विराटनगर, असोज ८
कोसी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिकमत कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको हो । दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर कोसी प्रदेशको मन्त्रीमण्डल नौ सदस्यीय बनेको छ ।
यसअघि खानेपानी मन्त्री रहनुभएका तिलकुमार मेन्याङ्बो स्वास्थ्य मन्त्रालय, पाँच कर्ण राई पर्यटन, वन तथा वातावरण मन्त्रालय, , एकराज कार्की भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, बुद्धिकुमार भण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्ति पाउनुभएको छ ।
रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्री र निर राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
७ असोज २०८०, सोमबार ०५:३० मा प्रकाशित