काठमाण्डाैं , बैशाख ४
नेपाल
एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले पहिलो जित दर्ता गर्दा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेकाे हाे । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको हाे ।
समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा हुनुका साथै सेमिफाइनलमा पुगिसकेको छ । क्रमश: तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हंगकंग २-२ अंकमा छन् ।
साउदी अरबले नेपाल विरुद्ध र मलेसियाले हंगकंग विरुद्ध खेल्न बाँकी
रहेको छ । यो सँगै दोस्रो स्थानमा रहेर अन्तिम ४ मा पुग्ने टोलीको छिनोफानो रन
रेटका आधारमा हुने भएको छ । कुनै पनि
टोलीले ६ अंक बनाउन नसक्ने भएपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेकाे हाे ।