सुभेष सिनाल, मंसिर ३
एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा अस्ट्रेलियाले टस जितेको छ । अस्ट्रेलियाले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस जित्ने टिमले पहिले ब्याटिंग गर्ने अनुमान गरिए पनि अस्ट्रेलियाका कप्तान पेट कमिन्सले पहिला बलिंग गर्ने निर्णय गरे । साँझ शित पर्ने भएकोले राती बलिंग गर्ने टिमलाई समस्या हुन सक्ने भएर कमिन्सले निर्णय गरेको हुन सक्छन । टस हारे पछि भारतिय कप्तान रोहित शर्माले आफुले टस जितेको भए पनि ब्याटिंग नै गर्ने सोचेकोले टस हार्दा फरक नपरेको प्रतिक्रिया दिएका छन ।
दुबै टिमले फाइनलको लागि टिममा कुनै पनि परिवर्तन गरेका छैनन । सेमिफाइनलमा खेलेको टिमलाई नै दुबै टोलीले फाइनलको लागि पनि अन्तिम ११ मा मैदानमा उत्रार्दै छन ।
२ मङ्सिर २०८०, आईतबार ०२:०२ मा प्रकाशित