काठमाण्डौं, जेठ १
आइपिएल २०२४ अन्तरगत हिजो रातिको खेल बर्षाका कारण रद्द भएको छ । अहमदावादमा तय भएको गुजरात र कोलकत्ता विचको उक्त खेल टस समेत नभइ रद्द भयो । अहमदाबादमा हिजो भएको वर्षाका कारण मैदान भिजे पछि खेल रद्द भएको थियो ।
खेल रद्द भए पछि दुबै टोलीले १,१ अंक बाढेका छन । जारि आएपिएलमा बर्षाले खेल रद्द भएको यो पहिलो घटना हो । खेल रद्द भए पछि अंक तालिकामा कुनै पनि परिवर्तन भएको छैन । कोलकत्ता १९ अंकका साथ शिर्ष स्थानमा कायम छ भने, गुजरात ११ अंकका साथ आठौं स्थानमा छ ।
आइपिलएको प्लेअफमा पुग्नको लागि एउटा महत्पूर्ण खेलमा आज दिल्ली र लखनउका विच प्रतिस्र्धा हुदैछ । छैटौ र सातौ स्थानमा रहेका दुबै टोलीले आफ्नो सम्भावनालाई कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । लिग चरणमा दिल्लीको यो अन्तिम खेल हुनेछ । आजको खेल जिते पनि १२ अंक जोडेको दिल्लीको प्लेअफ पुग्ने सम्भावना निकै कम छ । जित हासिल गरि १४ अंक पुगे पनि दिल्लीले अन्य टोलीको नतिजा आफु अनुकुल आउने प्रतिक्षा गर्नु पर्नेछ ।
दिल्लीको तुलनामा लखनउको सम्भावना बढि छ । १२ खेलमा १२ अंक जोडेको लखउन आज जितेमा १४ अंक हुनेछ भने अन्तिम खेलमा मुम्बईलाई हराउन सक्ने लखनउको १६ अंक हुनेछ । यदपी लखनउले पनि चेन्नई र हैदराबादको खेलको नतिजा आफु अनुकुल आउने प्रतिक्षा गर्नु पर्नेछ ।
हाल, कोलकत्ता १९ अंकका साथ पहिलो स्थानमा, राजस्थान १६ अंक सहित दोस्रो, चेन्नई १४ अंक सहित तेस्रो, हैदराबाद १४ अंक सहित चौथो र बैग्लूरु १२ अंकका साथ पाचौ स्थानमा रहेका छन ।