नेपालले पायाे १५८ रनको लक्ष्य

Jhalkonepal

काठमाण्डौं, माघ १७

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो त्रिकोणात्मक टी( २० शृङ्खलाको जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट बनाउँद १५७ रन बनायो।

नेदरल्यान्ड्सले पहिलो ओभरमै विकेट गुमाएको थियो। पहिलो ओभरको दोस्रो बलमा नेदरल्यान्ड्सकी ओपनर पी मोलकेनबायर एलबीडब्लू भएकी थिइन्। उनी २ बलमा शून्य रन बनाउँदै पभेलियन फर्किन्। नेपालको लागि पहिलो सफलता कविता कुँवरले दिलाइन्।

नेदरलयान्ड्सको लागि रोबिन रिजेक नट आउट रहँदै खेलिन्। उनले अर्ध शतक समेत प्रहार गरिन्। रोबिनले ४८ बलमा ५९ रन बनाउँदै नट आउट रहिन्। उनले ४८ बलमा ८ चौका प्रहार गरिन्। त्यस्तै,  आइरिस ३१ रन बनाउँदै नट आउट रहिन्।

प्रतिक्रिया